कान्तारा प्रदर्शनको ५० दिन पुरा : १८ करोड भारुमा बनेको फिल्मको कमाई झन्डै ४०० करोड

कन्नड भाषाको फिल्म कान्ताराले हरेक दिन नयाँ कीर्तिमान बनाइरहेको छ । यसमा फिल्मको नाममा अर्को नयाँ उपलब्धि थपिएको छ । फिल्मले हालै हलमा प्रदर्शन भएको ५० दिन पूरा गरेको छ । सेप्टेम्बर ३० मा रिलिज भएको यो फिल्म यतिका दिनपछि पनि हलमा कमाई गरिरहेको छ । फिल्मले शुक्रबारसम्म विश्वभरबाट करिब ३७७ करोड भारुको कमाएको छ, जबकि यो फिल्मको बजेट १८ करोड भारु मात्रै छ ।
अधिकांश चलचित्र हलमा दुई हप्ताभन्दा नटिक्ने समयमा कान्ताराले ५० दिन पुरा गर्नुलाई ठूलो उपलब्धिको रुपमा होरिएको छ । सिनेमा हलमा ५० दिन पूरा भएपछि फिल्मका निर्माताले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा एक नोट शेयर गर्दै फ्यानहरुलाई धन्यवाद दिएका छन् ।
कान्ताराको निर्माण गर्ने होम्बले फिल्म्सले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा एउटा नोट साझा गरेको छ जसमा भनिएको छ– ‘हाम्रो लागि ईश्वरीय उत्सवको समय आएको छ । विश्वभरि फिल्मप्रति माया देखाउने सबै फ्यानहरूलाई धन्यवाद । हम आपके इस्स प्यार को दिल से । पञ्जुर्ली र गुलिगा दैवको आशीर्वादले हामी हुर्कियौं ।’
कमाई ४०० करोड भारु नजिक
१८ करोड भारुको बजेटमा बनेको कान्ताराले हालसम्म विश्वभर करिब ३ सय ७७ करोड संकलन गरेको छ । कुल कमाइमध्ये भारतभित्रको बक्स अफिसमा फिल्मले ३४४ करोड भारु कमायो भने विदेशमा ३३ करोड । यस हिसाबले फिल्म अब ४०० करोड भारु नजिक पुगेको छ ।
चलचित्र प्रदर्शनको ५० दिनपछि पनि एकहजार स्क्रिनमा चलिरहेको छ, जुन कतिपय अवस्थामा नयाँ फिल्मले नपाउने पर्दा संख्या हो । भारतबाहेक अमेरिका, बेलायत, अस्ट्रेलिया र युएई लगायतका देशमा पनि फिल्मले चर्चा मचाएको छ । ऋषभ शेट्टीको लेखन र निर्देशनमा बनेको यो फिल्ममा ऋषभ शेट्टी आफै प्रमुख भूमिकामा छन् ।
यो फिल्मले भारतको कर्नाटक राज्यको ग्रामीण क्षेत्रमा मनाइने अनुष्ठान ‘दैवा कोला’मा आधारित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्रको बयान न्यायाधीश तारादेवी महर्जनको इजलासमा
-
प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई उपेक्षा, कुन प्रदेशको बजेट कस्तो ?
-
तीन प्रदेशका १५ अस्पतालबाट मुटु रोगको निःशुल्क उपचार
-
बजेटको समयमा संसदीय समितिमा विधेयकमाथि छलफल नगरौँ: सांसद यादव
-
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो
-
मार्क्स र लेलिनले देखेको ‘कम्युन’को सपना ओशो तपोवनमा साकार : स्वामी आनन्द अरुण