विनोद चौधरीले गरे मतदान केन्द्रको अवलोकन, चन्द्र ढकाल र कुलमानले गरे मतदान
प्रतिनिधिसभा सदस्यको लागि परासी–१ बाट उम्मेदवार बनेका उद्योगी विनोद कुमार चौधरीले मतदान केन्द्रहरूको अवलोकन गरेका छन् । उनी सो क्षेत्रमा गठबन्धनको साझा उम्मेदवार बनेका छन् । परासी–१ बाट नेपाली कांग्रेसले उनलाई उम्मेदवार बनाएको हो ।
तर, चौधरीले मतदान भने नवलपुर–१ बाट गर्नेछन् । मतदाता नामावलीमा उनको नाम नवलपुर–१ मा रहेको छ । पहिला एउटै जिल्ला रहेको नवलपरासीलाई पछि टुक्राएर बर्दघाट सुस्ता पूर्वलाई नवलपुर र बर्दघाट सुस्ता पश्चिमलाई परासी जिल्ला बनाइएको छ ।
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पनि मतदान गरेका छन् । उनले काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि मतदान गरेका छन् । उनले आफ्नो मतदाता नामावली रहेको रामेछापको सुनापति गाउँपालिका वडा नं ४ डहु मतदान केन्द्रबाट मतदान गरेका हुन् । कार्यकारी निर्देशक घिसिङले उक्त मतदान केन्द्रबाट पहिलो मतदान गरेका थिए ।

आज देशभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भइरहेको छ । केही स्थनमा छिटपुट घटना बाहेक अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा मतदान कार्य भइरहेको गृहमन्त्रालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण