विनोद चौधरीले गरे मतदान केन्द्रको अवलोकन, चन्द्र ढकाल र कुलमानले गरे मतदान

प्रतिनिधिसभा सदस्यको लागि परासी–१ बाट उम्मेदवार बनेका उद्योगी विनोद कुमार चौधरीले मतदान केन्द्रहरूको अवलोकन गरेका छन् । उनी सो क्षेत्रमा गठबन्धनको साझा उम्मेदवार बनेका छन् । परासी–१ बाट नेपाली कांग्रेसले उनलाई उम्मेदवार बनाएको हो ।
तर, चौधरीले मतदान भने नवलपुर–१ बाट गर्नेछन् । मतदाता नामावलीमा उनको नाम नवलपुर–१ मा रहेको छ । पहिला एउटै जिल्ला रहेको नवलपरासीलाई पछि टुक्राएर बर्दघाट सुस्ता पूर्वलाई नवलपुर र बर्दघाट सुस्ता पश्चिमलाई परासी जिल्ला बनाइएको छ ।
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पनि मतदान गरेका छन् । उनले काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि मतदान गरेका छन् । उनले आफ्नो मतदाता नामावली रहेको रामेछापको सुनापति गाउँपालिका वडा नं ४ डहु मतदान केन्द्रबाट मतदान गरेका हुन् । कार्यकारी निर्देशक घिसिङले उक्त मतदान केन्द्रबाट पहिलो मतदान गरेका थिए ।
आज देशभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भइरहेको छ । केही स्थनमा छिटपुट घटना बाहेक अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा मतदान कार्य भइरहेको गृहमन्त्रालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम फैसला नआएसम्म आधिकारिक एनआरएनए हामी नै हौँ : महेश श्रेष्ठ
-
किशोरीद्वारा युवकमाथि चक्कु प्रहार, भाग्न खोज्दा लडेर घाइते
-
’स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५’ मा अन्तर्राष्ट्रिय अध्ययनबारे जानकारी प्रदान
-
हेटौँडाकी मेयरको कार : सरकारी सवारीमा निजी नम्बर प्लेट
-
बागमती सहित यी पाँच प्रदेशमा वर्षा
-
बुटवलको नीति तथा कार्यक्रम : सीप तथा रोजगारमा विशेष जोड