सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्लेयर टू वाच : लाउटारो मार्टिनेज

मङ्गलबार, ०६ मङ्सिर २०७९, १० : २१
मङ्गलबार, ०६ मङ्सिर २०७९

​पोजिसनः फरवार्ड
उमेरः  २५ वर्ष

अर्जेन्टिना रेसिङ क्लबबाट सिनियर फुटबल करियरको सुरुवात गरेका मार्टिनेजले सन् २०१८ मा अर्जेन्टिनाको राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । मार्टिनेज इटाली गएर इन्टर मिलानबाट खेल्न थालेपछि उत्कृष्ट प्रदर्शन गर्दै इन्टरलाई सन् २०२०–२१ मा सिरी ए को उपाधि दिलाए ।

उक्त सिजन मार्टिनेजले सबै प्रतियोगिताहरूमा ४९ खेलमा २५ गोल गरेका थिए । मार्टिनेजले अर्जेन्टिनाका लागि विश्वकपमा त्यस्तै प्रदर्शन गर्ने आशा गरिएको छ । आक्रामक शैलीमा उत्रने उनले लियोनल मेस्सीसँग उत्कृष्ट साझेदारी  गरिरहेका छन् । रुसमा आयोजित विश्वकप गुमाएका मार्टिनेज अब कतार विश्वकपमा चम्किने लक्ष्यमा छन् ।

अर्जेन्टिनाका लागि भने मार्टिनेजले ४० खेल खेल्दै २१ गोल गरेका छन् । मार्टिनेजले यो सिजन सिरी ए फुटबलका लागि १५ खेलमा ७ गोल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप