सल्यानमा प्रकाश ज्वाला जित उन्मुख, यस्तो छ पछिल्लो मतपरिणाम
सल्यानमा प्रतिनिधि सभा र प्रदेश सभाका दुई वटै निर्वाचन क्षेत्रहरुमा गठबन्धनको अग्रता कायम छ । प्रतिनिधि सभातर्फ नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रदेश इञ्चार्ज प्रकाश ज्वाला जितको नजिक पुगेका छन् ।
सल्यानमा खसेको ८४ हजार २२ मत मध्ये अहिलेसम्म ५१ हजार ५२५ मतगणना भइसकेको छ । जसमा ज्वालाको पक्षमा २२ हजार १०४ मत आएको छ । उनले आफ्ना प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहलाई ९ हजार ११८ मतान्तरले पछि पारेका छन् ।
ज्वालाले सुरुवात देखिनै अग्रता कायम राखेका छन् । अब ३२ हजार ४९७ मतगणना गर्न बाँकी रहेको छ । स्वतन्त्र उम्मेदवार शाहको पक्षमा १२ हजार ९८६ मत छ । ज्वालका प्रमुख प्रतिस्पर्धी मानिएका एमालेका राजेन्द्रवीर राईले ७ हजार ४८९ मत मात्रै प्राप्त गरेका छन् ।
यता प्रदेश सभा (क) तर्फ अहिलेसम्म गणना भएको २५ हजार ४८६ मतमध्ये गठबन्धन तर्फका माओवादी नेता भीम प्रकाश शर्माको पक्षमा १३ हजार ५२७ मत आएको छ। उनका प्रतिस्पर्धी एमालेका कुल बहादुर गिरीले ८ हजार ७४१ मत पाएका छन् ।
यता (ख) मा एमालेका प्रदेश सह–इञ्चार्ज गुलाबजंग शाहलाई गठबन्धनका सुरेश अधिकारीले पछि पारिरहेका छन् । अहिलेसम्म गणना भएको २६ हजार ३९ मतमध्ये कांग्रेस नेता अधिकारीको पक्षमा १२ हजार ६०० मत रहेको छ । शाहले १० हजार ५६९ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव : पहाडी भू-भागमा वर्षा, केही स्थानमा हावाहुरीको चेतावनी
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
विश्वकप अन्तिम १६ : ऐतिहासिक रंगशालामा मेक्सिको र इंग्ल्याण्डबिच महाभिडन्त
-
छाडा पशुचौपाया छाड्नेलाई कारबाही गर्दै उपमहानगरपालिका
-
बागरमा खानेपानीको समस्या
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण