आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ : प्रतिनिधिसभामा एमालेको अग्रता कायमै, कुन दलको अवस्था कस्तो ?

नेकपा एमाले तीनवटामा विजयी, का‌ग्रेस दुई स्थानमा विजयी
बिहीबार, ०८ मङ्सिर २०७९, ०७ : ४३
बिहीबार, ०८ मङ्सिर २०७९

अर्जुन आचार्य
प्रदेश नम्बर १ मा नेकपा एमालेले तीनमा विजयी र ११ स्थानमा अग्रता कायम गर्दै अग्रस्थान कायम गरेको छ । 

हालसम्म एमालेले ताप्लेजुङ, उदयपुर २ र झापा ५ मा विजय हासिल गरिसकेको छ । यता, नेपाली का‌ग्रेसले भने दोस्रो स्थान कायम गर्दै २ वटामा विजय हासिल गरेर ५ वटामा अग्रता बनाएको छ । 

प्रदेश १ का २८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ६ वटामा आफ्ना उम्मेद्वार उठाएको माओवादी केन्द्रले भने ३ स्थानमा अग्रता बनाएको छ । यस्तै रास्वपाले २, राप्रपाले १ र स्वतन्त्रले १ स्थानमा अग्रता लिएको छ । पार्टीगत रुपमा जित र अग्रता लिएका क्षेत्रहरु निम्न छन् ।

नेकपा एमालेबाट विजयी तथा अग्रता लिएका क्षेत्रहरू
१, योगेश भट्टराई, ताप्लेजुङ (विजयी)
२, बसन्तकुमार नेम्वाङ, पाँचथर (अग्रता)
३, महेश बस्नेत, इलाम १ (अग्रता)
४, सुवासचन्द्र नेम्वाङ, इलाम २ (अग्रता)
५, देवराज घिमिरे, झापा २ (अग्रता)
६, लालप्रसाद साँवा लिम्बू, झापा ४ (अग्रता)
७, केपी शर्मा ओली, झापा ५ (विजयी)
८, राजेन्द्रकुमार राई, धनकुटा (अग्रता)
९, घनश्याम खतिवडा, मोरङ १ (अग्रता)
१०, ऋषिकेश पोखरेल, मोरङ २ (अग्रता)
११, भगवती चौधरी, सुनसरी ३ (अग्रता)
१२, जगदिशप्रसाद कुसियैत, सुनसरी ४ (अग्रता)
१३, मानबीर राई, सोलुखुम्बु (अग्रता)
१४, अम्बर बहादुर रायमाझी, उदयपुर २ (विजयी)

नेपाली कांग्रेसबाट विजयी तथा अग्रता लिएका क्षेत्रहरू
१, विश्वप्रकाश शर्मा, झापा १ (विजयी)
२, दिपक खड्का, संखुवासभा (अग्रता)
३, सीता गुरुङ, तेह्रथुम (अग्रता)
४, सुनिलकुमार शर्मा, मोरङ ३ (अग्रता)
५, डा ।शेखर कोइराला, मोरङ ६ (अग्रता)
६, रामहरि खतिवडा, ओखलढुंगा (विजयी)
७, डा नारायण खड्का, उदयपुर १ (अग्रता)

माओवादी केन्द्रबाट विजयी तथा अग्रता लिएका क्षेत्रहरू
१, सुदन किराँती, भोजपुर (अग्रता)
२, अमनलाल मोदी, मोरङ ४ (अग्रता)
३, रामकुमार राई, खोटाङ (अग्रता)

राष्ट्रिय स्वतन्त्र पार्टीबाट अग्रता लिएका क्षेत्र
१, गोमा तामाङ, सुनसरी १ (अग्रता)
२, लालविक्रम थापा, सुनसरी २ (अग्रता)

राप्रपाबाट अग्रता लिएका क्षेत्रहरू
१, राजेन्द्रप्रसाद लिङ्देन, झापा ३ (अग्रता)

स्वतन्त्रबाट अग्रता लिएको क्षेत्र
१, योगेन्द्र मण्डल, मोरङ ५ (अग्रता)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप