जब चोरियो चार्लीको शव
विश्वचर्चित कमेडियन चार्ली चाप्लिनका दर्शक अहिले पनि लाखौँ छन् । इन्टरनेटमा मात्रै होइन, टेलिभिजनमा पनि उनका कमेडी भिडियो अहिले पनि देखाइन्छन् । आजका दिनमा पनि उनको नाम चर्चामा छ ।
लन्डनमा जन्मिएका चार्लीको बाल्यकाल गरिबी र निकै दुःखमा बित्यो । कुनै शब्द उच्चारण नगरी हाउभाउले मात्रै दुनियाँ हसाउने चार्ली जीवित छँदा जति चर्चित थिए, मृत्युपछि पनि छन् । मृत्यु भएलगत्तै उनी झन् बढी चर्चामा आए ।
२५ डिसेम्बर १९७७ मा उनको मृत्यु भएको थियो । ८८ वर्षको उमेरमा स्विट्जरल्यान्डको कोर्सियरमा मृत्यु भएका उनको अन्तिम संस्कारअनुसार शव गाडियो । तर, गाडिएको तीन महिनापछि उनको शव गायव भयो । गाडिएको ठाउँबाट शव चोरी भएको थियो ।
शव चोरी भएको तब थाहा भयो, जब कोही व्यक्तिले चार्लीकी पत्नी उना चाप्लिनलाई फोन गरेर पैसाको बार्गेनिङ गर्यो । शव फिर्ता गर्ने भए ठूलो रकम बुझाउनुपर्ने मोलमोलाई चोरले गर्यो ।
प्रहरीलाई खबर गरेपछि चार्लीको चोरिएको शव खोज्न सुरु भयो । तुरुन्त प्रहरी सक्रिय भएर लाग्यो । अन्ततः दुईजना चोर पक्राउ परे । चार्लीको शव चोर्नेहरू नाग रोमना वारदास र गेचो गानेव थिए ।
प्रहरीले उनीहरूसँग चार्लीको शव चोर्नुको कारण खोज्न अनुसन्धान सुरु गर्यो । सोधपुछपछि उनीहरूले बताए कि आर्थिक समस्याका कारण चार्लीको शव चोरिएको हो । उनीहरू चार्लीको शवमा बार्गेनिङ गरेर प्राप्त भएको पैसाबाट नयाँ व्यवसाय सुरु गर्न चाहन्थे ।
पछि चार्लीको शव स्विट्जरल्यान्डकै पासस्थित भिलेज अफ नोविलेमा गाडियो । यसपटक सिमेन्टको चिहान बनाएर गाडिएको थियो, ताकि पुनः उनको शव चोरी नहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
-
बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
८ आत्मघाती गोलसँगै दोस्रो स्थानमा २०२६ विश्वकप: रुसको कीर्तिमान तोडिने सङ्घारमा
-
१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
-
ओयार्जाबाल चम्किएपछि स्पेनको फराकिलो जित, केप भर्डसँगको बराबरी बिर्साउँदै लयमा फर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण