कांग्रेससँगको गठबन्धनले माओवादी र समाजवादीलाई घाटा कि नाफा ?
मङ्सिर ४ को निर्वाचन नतिजा आउने क्रम जारी छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये ११५ क्षेत्रको नतिजा आइसकेको छ भने अरू क्षेत्रको धमाधम आइरहेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा र जनमोर्चाले १६५ निर्वाचन क्षेत्रमा भागबण्डा गरेर निर्वाचन लडेपनि माओवादी र समाजवादीलाई कांग्रेसको तुलनामा फाइदा हुन नसकेको प्राप्त परिणामले देखाइसकेको छ ।
परिणाम आउने क्रमसँगै ती पार्टीका नेताहरूबाट समेत असन्तुष्टि पोख्न थालेको देखिन्छ । सुरुमा गठबन्धनमा ४७ सिट पाएको नेकपा माओवादीले पछि ४१ सिटमा आफ्ना उम्मेदवार उठाएको थियो । उम्मेदवारी दिएका ४१ मध्ये माओवादीले अहिलेसम्म १२ निर्वाचन क्षेत्रमा मात्र जित निकालेको छ । बाँकी ६ स्थानमा उसको अग्रता छ । यदि अग्रता रहेका स्थानमा समेत जित निकाले माओवादीले प्रत्यक्षतर्फ १८ सिट जित्ने छ । यसरी हेर्दा गठबन्धनमा गरिएको भागबण्डामा पाएको सिटमध्ये करिब ४४ प्रतिशत मात्रै जित्ने देखिन्छ ।
यसअघि प्रत्यक्षतर्फमात्रै ३६ सिट र १७ सिट समानुपातिकमा जितेर ५३ सिटसहित तेस्रो ठुलो दल बनेको थियो । तर माओवादी केन्द्र संसद् सङ्ख्याका हिसाबले यो पटक खुम्चने निश्चित भएको छ । किनभने समानुपातिकमा पनि शुक्रबार दिउँसोसम्म माओवादीले ४ लाख ६० हजार मत मात्रै पाएको छ । यही आधारमा सबै नतिजा आउँदा माओवादीले समानुपातिकतर्फ १० देखि १२ लाख हाराहारी मात्रै मत पाउने देखिन्छ । यस हिसाबले समानुपातिकमा कुनै चमत्कार नभएमा प्रतिनिधि सभामा माओवादीको जम्मा सिट २८ देखि ३० हुने देखिन्छ ।
माओवादीले अहिलेसम्म जितेका क्षेत्रहरूमा पुष्प कमल दाहाल प्रचण्ड–गोरखा–२, वर्षमान पुन–रोल्पा,जनार्दन शर्मा–रुकुम पश्चिम,शक्ति बहादुर बस्नेत–जाजरकोट,राम कुमार राई–खोटाङ, अमन लाल मोदी–मोरङ ४, माधव सापकोटा–सिन्धुपाल्चोक १, सुदन किराती–भोजपुर, लेखनाथ दाहाल–(राजन)सिन्धुली २, रेखा शर्मा–दाङ २, देवेन्द्र पौडेल–बाग्लुङ २ पूर्ण बहादुर घर्ती मगर–रुकुम पूर्व रहेका छन् । २०७४ को निर्वाचनमा
यस्तै अग्रता रहेका ६ स्थानमा गिरिराजमणि पोखरेल महोत्तरी १, छिरिङ डम्डुल लामा (भोटे) हुम्ला, हितबहादुर तामाङ, नुवाकोट १,महेन्द्रबहादुर शाही कालिकोट, शिवचन्द्र कुशवाह बारा २ र महिन्द्र राय यादव सर्लाही २ रहेका छन् । यी क्षेत्रमा मतगणना जारी छ ।
समाजवादीलाई राष्ट्रिय पार्टी बन्नै सकस
माओवादीमात्रै होइन नेकपा एकीकृत समाजवादीलाई पनि गठबन्धन फाइदा भन्दा घाटा हुने देखिएको छ । सत्ता गठबन्धनमा भएको भागबण्डामा एकीकृत समाजवादीले प्रतिनिधि सभाका १९ सिट पाएको थियो । ती मध्ये १० सिटमा जित निकालेको छ भने, बाँकी १९ सिट गुमाउने निश्चित जस्तै छ ।
नेकपा एकीकृत समाजवादीले शुक्रबारसम्म रौतहट क्षेत्र न. १ मा माधवकुमार नेपाल, बारा क्षेत्र न. ४ – मा कृष्णकुमार (किसान) श्रेष्ठ, धादिङ क्षेत्र न. १मा राजेन्द्रप्रसाद पाण्डे, दाङ क्षेत्र न. १ मा मेटमणि चौधरी, सल्यानमा प्रकाश बुढाथोकी (ज्वाला), डोल्पामा धनबहादुर बुढा मगर, दैलेख क्षेत्र न. १ – मा अम्बरबहादुर थापा,अछाम क्षेत्र न. १ मा शेरबहादुर कुँवर, बझाङमा भानुभक्त जोशी र डोटीमा प्रेमबहादुर आले निर्वाचित भैसकेका छन् ।
समाजवादीले उदयपुर २ मा हार बेहोरेको छ भने रुपन्देही क्षेत्र नम्बर का उम्मेदवार राजु गुरुङको उम्मेदवारी नै बदर भएको थियो । त्यस्तै पाल्पा क्षेत्र न. २ – सोमप्रसाद पाण्डे,गुल्मी क्षेत्र न. २ – रामकुमारी झाँक्री, मकवानपुर क्षेत्र न. २ – विरोध खतिवडा पराजित भैसकेका छन् । काठमाडौँ क्षेत्र न. ८ बाट जीवनराम श्रेष्ठ र ललितपुर क्षेत्र न. २ – कृष्णलाल महर्जन र कास्की २ बाट श्रीनाथ बराल पनि पराजित भैसकेका छन् । इलाम क्षेत्र न. १ मा झलनाथ खनालको परिणाम आइसकेको छैन । त्यो क्षेत्रमा खनाल एमाले उम्मेदवारभन्दा पछि छन् । समानुपातिकतर्फ पनि यो पार्टीको मत खासै देखिँदैन । किनभने १६० क्षेत्रको मत गणना सुरु भैसक्दा शुक्रबारसम्म समानुपातिकतर्फ ७५ हजार मत मात्रै आएको छ । यही हिसाबले यो पार्टी तीन प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टीको मान्यता नै नपाउने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण