शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मधेसमा नेकपा एमालेले कसरी मार्‍यो फड्को ?

शुक्रबार, ०९ मङ्सिर २०७९, १४ : ४८
शुक्रबार, ०९ मङ्सिर २०७९

२०७४ को निर्वाचनमा मधेस प्रदेशका ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रमध्ये २ वटामा सिमित बनेको नेकपा एमाले यो पटक फड्को मार्न सफल भएको छ । मंसिर ४ मा सम्पन्न आम निर्वाचन अन्तर्गत शुक्रबारसम्म सार्वजनिक नतिजामा एमालेले जम्मा सात सिट जितिसकेको छ ।

एमालेले जितेका निर्वाचन क्षेत्रहरूमा धनुषा ३ मा जुली महतो, बारा १ मा अच्युत मैनाली, पर्सा ३ मा रामकुमार गुप्ता, सर्लाही ३ मा हरि उप्रेती, सिराहा १ रामशंकर यादव, सिराहा ३ मा लिलानाथ श्रेष्ठ र बारा ३ मा ज्वालाकुमारी साह निर्वाचित भैसकेका छन् । यद्यपि बारा ३ निर्वाचित साह र जसपा उम्मेदवारबीच मित्रवत प्रतिस्पर्धा भएको थियो । 

२०७४ को निर्वाचनमा ३२ मध्ये २ क्षेत्र सिराह ३ मा लिलानाथ श्रेष्ठ र धनुषा ४ मा रघुवीर महासेठ एमालेबाट निर्वाचित भएका थिए ।  यो निर्वाचनमा एमाले र जसपाबीच चुनावी तालमेल भएको थियो । मधेसका ३२ सिटमध्ये एमालेले जसपालाई १७ सिटमा सघाउने र बाँकी १५ सिटमा जसपाले एमालेलाई सघाउने सहमति भएको थियो ।

जसपाले अहिलेसम्म ३ सिटमा जित निकालेको छ भने ३ सिटमा अग्रता लिएको छ । जसपाले जित निकालेका क्षेत्रहरूमा पर्सा १ मा प्रदीप यादव, सप्तरी १ मा नवलकिशोर साह सुडी, सिराहा ४ मा वीरेन्द्रप्रसाद साह महतो निर्वाचित भैसकेका छन् । मतगणना जारी रहेका र जसपाले अग्रता लिएका ३ क्षेत्रमा जसपाकै जित भएपनि जसपाको जम्मा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ६ सिट मात्र हुने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप