बाजुराको बुढीनन्दा–५ मा मतदान जारी, २४ केन्द्रको मतदान रद्द गर्न दलहरुको निवेदन
बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ५ को मतदान केन्द्रमा मतदान भइरहेको छ । बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले रातोपाटीलाई जानकारी दिए । कुल ९९९ मतदाता रहेको सो मतदान स्थलमा बिहान १० बजेसम्म २ सय बढी मत खसेको पौडेलले बताए ।
गत मंसिर ४ गते मतदानका दिन विवाद र झडपका कारण सो मतदान स्थलको मतदान प्रक्रिया स्थगित भएको थियो । यस्तै अन्य विभिन्न मतदान केन्द्रको मतदान प्रक्रिया स्थगित गर्नुपर्छ भनेर राजनीतिक दलहरुले निवेदन दिएको पौडेलले बताए । उनीहरुले जिल्लाका २४ भन्दा बढी मतदान केन्द्रको मतदान प्रक्रिया रद्ध गरिपाउँ भनेर निवेदन दिएका छन् ।
यसबारेमा निर्वाचन आयोगले गरेको निर्णय अनुसार हुने पौडेलले बताए । आयोगको छानविन टोलीले पनि बाजुरामा अध्ययन गरिरहेकोले उनीहरुले दिएको प्रतिवेदन समेतका आधारमा आयोगले निर्णय गर्ने भएको छ । टोलीले दिएको प्रतिवेदनपछि पुन मतदान गर्नुपर्ने हो वा मतगणना सुरु गर्ने हो आयोगको निर्णयअनुसार हुने मुख्य निर्वाचन अधिकृच पौडेलले बताए । बाजुराका विवादग्रस्त मतदान केन्द्रका बारेमा आयोगको टोलीले शुक्रबारदेखि अध्ययन समेत गरिरहेको छ ।
गत मंसिर ४ गते मतदानका दिन बाजुराका विभिन्न मतदान स्थलमा भएको झडपका कारण एक जनाको प्रहरीको गोली लागी ज्यान गएको थियो भने एकजनाको कुटपिटबाट ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह
-
गणेश नेपालीको परिवारलाई गगन थापाले गरे एक लाख सहयोग
-
आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण