कलंकी-नागढुंगा सडक विस्तारलगायत ५ वटा ठेक्का तोड्ने चेतावनी
मङ्गलबार, १३ मङ्सिर २०७९, १० : २४
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले काठमाडौं उपत्यकाका पाँच अलपत्र ठेक्का तोड्ने चेतावनी दिएको छ । कलंकी-नागढुंगा सडक विस्तार, चाबहिल-जोरपाटी-संखु सडक विस्तारअन्तर्गतका ३ ठेक्का र नख्खु खोला-भैसेपाटी-बुंगमती सडक विस्तारको ठेक्का लिने ठेकेदारहरूलाई चेतावनी दिइएको हो ।
पाँच ठेकेदार कम्पनीले सबै ठेक्का लिएर अलपत्र छोडेका छन् । उनीहरूलाई सात दिनभित्र कार्यालय उपस्थित हुन अल्टिमेटम दिइएको छ । कलंकी-नागढुंगा सडक विस्तारमा शर्मा-शैलुङ-कान्छाराम जेभीले ठेक्का लिएको छ ।
चाबहिल-जोरपाटी-संखु सडक विस्तारको एउटा ठेक्का युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स प्राली, दोस्रोमा बज्रगुरु-छ्यांमिला-खानी जेभी र तेस्रो बज्रगुरु-बिरुवा-खानी जेभीले लिएका छन् । नख्खु खोला-भैसेपाटी-बुंगमती सडकको ठेक्का आशिष-बिरुवा-सिएम जेभीले लिए ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण