बेलायतमा हुने ‘मिसेस् नेपाल युनिभर्स’ मा एक दर्जन बढीको प्रतिस्पर्धा
लन्डन फेसन हाउसले बेलायतमा आयोजना गरेको ‘मिसेस् नेपाल युनिभर्स २०२२’ प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । विवाहित महिलाहरुबीच हुने उक्त सौन्दर्य प्रतियोगिताको तेश्रो संस्करण यहि आइतबार अल्डरसट स्थित एम्पायर हलमा हुने भएको छ ।
प्रतियोगिताबाट चयन हुने मिसेस् नेपाल युनिभर्स वीनरले बुल्गेरियामा हुने ४५ औं मिसेस् युनिभर्समा सहभागिता जनाउन सक्नेछन् । इच्छुक विवाहित महिलाले जुनै देशमा रहेको भए पनि भाग लिन पाउने सो प्रतियोगितामा यसपटक चौध जना विवाहित सुन्दरीले सहभागीता जनाएको आयोजक लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले जनाइन् ।
अन्तिम तयारीमा रहेका सुन्दरीहरुमा सन्नी शाही, बिनिता अधिकारी खनाल, बिनिता बस्नेत, रिना अधिकारी, शविता श्रेष्ठ, विमला बुढाथोकी, मिनु शाह, अन्जु बस्नेत, हिना थापा, प्रमिला केसी, निश्मा बन, श्रीजा डंगोल, कविता खनाल र शोभा क्षेत्री छन् । प्रतियोगीहरु यतिबेला दुईदिने क्याम्पिंग प्रशिक्षणमा छन् ।
विभिन्न विद्यामा प्रतिष्पर्धा गराइने उक्त प्रतियोगिता निष्पक्ष बनाउन निर्णायकमा विभिन्न क्षेत्रका वीज्ञहरु राखिने आयोजकले जनाएको छ । विवाहित महिलाहरुको वाह्य तथा आन्तरिक सौन्दर्य, क्षमता र आत्मविश्वास अभिवृद्धि एवं महिला सशक्तिकरण प्रतियोगिताको प्रमुख उद्देश्य छ । कोभिड महामारीका कारण स्थगित प्रतियोगिता यसपटक थप परिष्कृत रुपमा गर्ने तयारी भइरहेको लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले जनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मियामीमा इङ्गल्याण्डको एकपक्षीय दबदबा: पहिलो हाफको समाप्तिसम्म गोलको वर्षा
-
फ्रान्सविरुद्ध इङ्गल्याण्डको गोलवर्षा: ४५ औँ मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल
-
बुकायो साका चम्किएपछि पहिलो हाफमै इङ्गल्याण्डको तेस्रो गोल
-
इङ्गल्याण्डको दोस्रो गोल, फ्रान्सविरुद्ध २–० को बलियो अग्रता
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण