विवाह बन्धनमा बाँधिए आश्मा र संयम
अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डिसी विवाह बन्धनमा बाँधिएका छन् । बौद्धस्थित हायात रिजेन्सीमा यी दुईको विवाह समारोह आयोजना भइरहेको छ । संयम र आश्माले करिब १० वर्षको प्रेमलाई विवाहमा परिणत गरेका छन् ।
दुबै तर्फका आफन्त र केही कलाकारसहित विवाहमा करिब २ सय जना पाहुना छन् ।
सन् २०१२ मा रिलिज भएको ‘सायद’ बाट अभिनयमा डेब्यु गरेका संयमले ग्याङस्टर ब्लुज, आभास, नाइँ नभन्नु ल ३, पुन्टे परेड, रातो घर, कर्तव्य र अल्पविराम जस्ता फिल्ममा अभिनय गरेका छन् । आश्माले पनि ‘आभाष’ र ‘नाइँ नभन्नु ल ३’ मा अभिनय गरेकी छिन् । फिल्म ‘आभास’ संयम र आश्मा एकसाथ देखिएका थिए ।
संयम वरिष्ठ फिल्म निर्देशक नारायण पुरीका छोरा हुन्, आश्मा गोपीकृष्ण हलका म्यानेजर प्रदीप दाहालकी छोरी हुन् । संयम र आश्मा दुवै पछिल्लो समय अमेरिका रहँदै आएका छन् । विवाहकै लागि उनीहरु गत शुक्रबार नेपाल फर्किएका हुन् । संयमको रिसेप्सन पार्टी भने मंसिर २१ मा आयोजना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मियामीमा इङ्गल्याण्डको एकपक्षीय दबदबा: पहिलो हाफको समाप्तिसम्म गोलको वर्षा
-
फ्रान्सविरुद्ध इङ्गल्याण्डको गोलवर्षा: ४५ औँ मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल
-
बुकायो साका चम्किएपछि पहिलो हाफमै इङ्गल्याण्डको तेस्रो गोल
-
इङ्गल्याण्डको दोस्रो गोल, फ्रान्सविरुद्ध २–० को बलियो अग्रता
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण