‘प्रेमगीत ३’ का निर्माता सेनविरुद्ध परेको उजुरी खारेज गर्ने निर्माता संघको निर्णय
फिल्म ‘प्रेमगीत ३’ का निर्माता सन्तोष सेनविरुद्ध सिक्किम निवासी रामगोपाल राईले दिएको ठगीको उजुरी चलचित्र निर्माता संघले खारेज गर्ने निर्णय गरेको छ । उजुरीको विषयमा संघले बोलाएको दुवै पक्षको छलफलमा निर्माता सेनले सम्झौता सन् २०२१ डिसेम्बरमै खारेज भइसकेको कागजपत्र पेस गरेपछि उजुरी खारेज गर्ने निर्णय संघले गरेको निर्माता संघका अध्यक्ष नवल खड्काले बताए ।
‘हामीले दुवै पक्षलाई शुक्रबार दिउँसो छलफलमा बोलाएका थियौ’ अध्यक्ष खड्काले भने, ‘निर्माता सेन उपस्थित भए पनि निवेदक राई भने आएनन् । त्यसकारण पनि हामीले निवेदनलाई अघि नबढाउने निर्णय गरेको हो ।’ ‘राई वास्तविक रुपमै पीडित भए अदालत र प्रहरीकहाँ जान सक्नुहुन्छ, हामीले हेर्दा उहाँलाई पीडित पाएनौं’ अध्यक्ष खड्काले थपे ।
निर्माता सेन विरुद्ध सिक्किम निवासी रामगोपाल राईले आफूहरूबीच भएको सम्झौता उल्लंघन गरेको भन्दै ४ करोड ८४ लाख रूपैयाँ ‘लगानी रकम फिर्ता गराइपाउँ’ भन्दै गत आइतबार निर्माता संघमा निवेदन उजुरी दिएका थिए । राईले डिजिटल अधिकारका लागि रकम लिएपनि राइट प्राप्त नगरेको उजुरी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मियामीमा इङ्गल्याण्डको एकपक्षीय दबदबा: पहिलो हाफको समाप्तिसम्म गोलको वर्षा
-
फ्रान्सविरुद्ध इङ्गल्याण्डको गोलवर्षा: ४५ औँ मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल
-
बुकायो साका चम्किएपछि पहिलो हाफमै इङ्गल्याण्डको तेस्रो गोल
-
इङ्गल्याण्डको दोस्रो गोल, फ्रान्सविरुद्ध २–० को बलियो अग्रता
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण