जुम्लामा लडेर एक पुरुषको मृत्यु
शनिबार, १७ मङ्सिर २०७९, १९ : २०
जुम्लामा जन्ती गएर घर फर्कने क्रममा एक जनाको मृत्यु भएको छ । तिला गाउँपालिका-६ का अन्दाजी ४७ वर्षीय देव रावतको लडेर मृत्यु भएको हो ।
रावतले अत्यधिक मदिरा सेवन गरेकाले लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले बताए । सँगैका साथीहरू समयमै घर फर्किए पनि उनी नआएपछि खोजी गरिएकोमा तिला १ राराको सेरी बजारबाट घर फर्केका रावतको लडेर मृत्यु भएको हो ।
शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने काम भइरहेको प्रहरी निरीक्षक जोशीले बताए। -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
-
१० बजे १० समाचार : बालेन सरकारलाई घेराबन्दी गर्ने तयारी, मधेसका रास्वपा सांसद असन्तुष्ट
-
जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल
-
शासकीय सुधारलाई निरन्तरता दिने विषयमा सरकारलाई कांग्रेसको समर्थन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण