‘सोल अफ द कमाण्डो’ मार्फत २४ वर्षपछि फिल्मको पर्दामा फर्किँदै राजकुमार
सन् १९९९ मा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘द कमाण्डो’ का अभिनेता राजकुमार राई २४ वर्षपछि पुन फिल्मको पर्दामा देखिने भएका छन् । आगामी २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सोल अफ द कमाण्डो’ बाट उनी पुन: पर्दामा देखिन लागेका हुन् ।
कमब्याक फिल्मबाट उनले ठूलो आशा र अपेक्षा गरेका छन् । दर्शकले कथावस्तु र एक्सन दुवै मन पराउने उनले बताए । उनी ‘द सोल अफ कमाण्डो’ लाई राष्ट्रियता जोडिएको फिल्म मान्छन् । २४ वर्षपछि अभिनय ‘कमब्याक’ आफैंमा चुनौतीपूर्ण हो । तर, राजकुमार आफ्नो कमब्याकलाई चुनौती मान्दैनन् ।
‘२४ वर्षपछि अभिनयमा फर्कंदा गाह्रो भएन । साँच्चै भन्ने हो भने झन् मज्जा आयो । म फिल्मको कारणले एकदमै एक्साइटेट छु’ राइले भने । गोर्खाली सेनाका रूपमा ब्रिटिश आर्मीमा भर्ती हुने सैनिक किन स्वदेश फर्कन लालयित हुन्छ भन्ने कथामा फिल्म निर्माण भएको छ ।
फिल्ममा राइसँगै शिशिर वाङ्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रूपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बू, पूर्ण लिम्बू, कमला खापुङ लिम्बू, सुस्मिता लिम्बू, एन्जल राई, टीकाराम ठकुरी, सोनीका राई लगायतको पनि अभिनय छ । युवराज (वीरबहादुर) राई निर्देशित फिल्ममा मिलन राई, रवि थापा र धन लिम्बू निर्माता तथा विजय एल राई कार्यकारी निर्माता छन् ।
राईको परिचय अभिनेताको रुपमा मात्र सीमित छैनन् । उनी तेक्वान्दो खेलाडी हुन् । अवकाश प्राप्त ब्रिटिश आर्मी पनि हुन् । उनले सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दशौँ एशियन खेलकुदमा तेक्वान्दो खेलमा कास्य पदक र सन् १९९९ मा नेपालमा भएको आठौँ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गरेका थिए । उनले अन्य थुप्रै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि पदक जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मियामीमा इङ्गल्याण्डको एकपक्षीय दबदबा: पहिलो हाफको समाप्तिसम्म गोलको वर्षा
-
फ्रान्सविरुद्ध इङ्गल्याण्डको गोलवर्षा: ४५ औँ मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल
-
बुकायो साका चम्किएपछि पहिलो हाफमै इङ्गल्याण्डको तेस्रो गोल
-
इङ्गल्याण्डको दोस्रो गोल, फ्रान्सविरुद्ध २–० को बलियो अग्रता
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण