पहिरोले बस पुर्दा कोलम्बियामा कम्तीमा ३३ जनाको मृत्यु
मङ्गलबार, २० मङ्सिर २०७९, ०९ : १४
कोलम्बियामा पहिरोले बस पुर्दा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । पहिरोबाट ९ जनाको उद्दार गरिएको छ । उत्तरपश्चिम कोलम्बियामा उक्त घटना भएको हो । अविरल वर्षापछि बाढी आएको थियो । राजधानी बोगाटाबाट २३० किलोमिटर उत्तरपश्चिममा अवस्थित रिसारल्दा प्रान्तको प्युब्लो रिको र सान्ता सेसिलिअबीचको गाउँमा बस पुरिएको थियो ।
गृहमन्त्री अल्फोन्सो प्राडाले सोमबार पत्रकारहरूलाई भने, ‘हामीले तीन शिशुसहित ३३ जनालाई मृत फेला पारेका छौं र हामीले नौ जनालाई जीवितै उद्धार गरेका छौं । उद्धार गरेकामध्ये ४ जनाको अवस्था गम्भीर छ । ’
कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले ट्वीटर सन्देशमा घटनाबाट आफू दुखित भएको बताएका छन् । कोलम्बिया अस्वाभाविक रूपमा भारी वर्षाले प्रभावित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकता लिए पनि अधिकार उपभोग गर्न नपाएकोमा एनआरएनहरूको गुनासो
-
रास्वपा महाधिवेशनको उद्घाटन सत्रबाट रवि र बालेनले दिएका सन्देश
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण