प्रदेश १ मुख्यमन्त्रीका आकांक्षी आङ्बोद्वारा आफ्ना सात प्राथमिकता सार्वजनिक
प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री तथा मुख्यमन्त्रीका आकांक्षी इन्द्रबहादुर आङ्बोले आगामी ५ वर्षका लागि प्रदेश १ का सात प्राथमिकता सार्वजनिक गरेका छन् । सामाजिक संजाल फेसबुकमा आफ्ना प्राथमिकतामा शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएका छन् ।
विगत ५ वर्षको प्रदेश सरकार र प्रदेशसभामा रहँदा प्राप्त ज्ञान, अनुभव र यसपालि निर्वाचनमा मतदाता र नागरिकको मनोवृत्ति र मनोविज्ञानको आधारमा आगामी ५ वर्षको प्राथमिकता निर्धारण गरेको उनले बताएका छन् ।
प्राथमिकताको १ नम्बरमा उनले सामुदायिक शिक्षामा व्यापक सुधार, शैक्षिक पूर्वाधारको विकास, गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिएका छन् । यस्तै सरकारी अस्पतालको पूर्वाधार र सेवामा गुणात्मक सुधार, निःशुल्क आधारभुत स्वास्थ्य सेवा र सहज विशेषज्ञ चिकित्सा सेवा र उपचारमा नागरिकको सहज पहुँच पुर्याउने पनि बताएका छन् ।
यस्तै वितरणमुखी र पहुँचमुखी बजेटलाई निरुत्साहित गर्दै दिगो, उत्पादन र सेवा केन्द्रित पूर्वाधार निर्माण, उत्पादन (कृषि, उद्योग, निर्माण, वन, पर्यटन लगायत) मा जोड र व्यापक रोजगारी सिर्जना, सार्वजनिक सेवा प्रवाह र कर्मचारीतन्त्रमा देखिएको ढिलासुस्ती नोकरशाहीपन र औपचारिकतावाद जस्ता प्रवृत्तिको अन्त्य र सार्वजनिक सेवामा व्यापक सुधार तथा भ्रष्टाचार शून्य सहनसिलताको नीति र सुशासनको प्रत्याभूति दिने उनले प्राथमिकता निर्धारण गरेका छन् । आफ्ना प्राथमिकताको विषयमा रचनात्मक राय र सुझाव दिन पनि सबैलाई उनले अपिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण