खाद्य संस्थानले शुक्रबारदेखि किसानको धान खरिद गर्ने
राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले शुक्रबारदेखि किसानको धान खरिद गर्ने भएको छ । केन्द्रबाट बजेट निकासा भएकाले खाद्यले धान खरिद गर्न लागेको हो । बजेटसँगै निर्देशन पनि आएकाले धान खरिद गर्ने प्रक्रिया अघि बढाइएको उक्त केन्द्रको राजापुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख धर्मराज पन्तले बताए । यस वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल दुई हजार नौ सय ६७ र मसिनो धान तीन हजार एक सय २८ रूपैयाँ मूल्य तोकेको छ । कम्पनीले ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ ।
बर्दियाको गुलरियास्थित एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले यस वर्ष ५० हजार दुई सय ५० हेक्टर जमिनमा धान खेती गरिएको र विगतका वर्षभन्दा बर्दियामा यसपटक धानको उत्पादन बढ्ने अनुमान गरेको थियो । पश्चिम नेपालमा सबैभन्दा बढी धान उत्पादन हुने राजापुर नगरपालिका र गेरुवा गाउँपालिका हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण