‘जोगिन्दर’ र ‘मुलासाग’ले हँसाए दर्शक
हाँस्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ र सुरेन्द्र केसी ‘मुलासाग’ ले नारायणघाटवासी दर्शक हँसाएका छन् । उनले मंगलबार नारायणघाटमा आयोजित ‘गोल्डेन वक कमेडी’ कार्यक्रममा आफ्ना विभिन्न समसामाहिक कमेडीका प्रस्तुति मार्फत दर्शक हँसाएका हुन् ।
ग्लोबल होटलमा साँझ आयोजित कार्यक्रममा रिजाल र केसीले सिंगल तथा जोडीका रुपमा समेत विभिन्न कमेडी पस्किएका थिए । उनीहरुको कमेडीका प्रस्तुतिले दर्शकलाई पेटमिचिमिचि हास्य बाध्य तुल्याएको थियो । कार्यक्रममा चर्चित कलाकार जितु नेपालले स्ट्याण्डअप कमेडी मार्फत दर्शक हँसाउँदा निरज नेपालले कमेडी नृत्य मार्फत दर्शक नचाउन सफल भए । सोही अवसरमा कलाकार सुमन कार्कीले पनि जोडदार कमेडी प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गायिका मिलन नेवारले भने आफ्ना चर्चित केही गीत राखेकी थिइन् । ‘गाला रातै, गाला रातै’ गीतबाट आफ्नो सांगीतिक प्रस्तुति सुरु गरेकी मिलनले त्यसपछि ‘फुलबुट्टे सारी’ लगायत करिव आधा दर्जन लोकप्रिय गीत प्रस्तुत गरेकी थिइन् । मिलनको हरेक गीतमा दर्शक नाच्दै र झुम्दै सिटी र तालीले साथ दिएका थिए । उनले ‘गाला रातै, गाला रातै’ र ‘फुलबुट्टे सारी’ गाउदा दर्शक दिर्घबाट वान्स मोरको हुटिङ समेत आएको थियो ।
गत १५ गते गाईघाटबाट सुरु भएको ‘गोल्डेन वक कमेडी’ मलंगवा, वीरगञ्ज, चन्द्रनिगाहापुर, टाढी, गाइघाट हुँदै नारायणघाटमा आएर सकिएको थियो ।
केही वर्ष अगाडि आयोजित ‘गोल्डेन वक कमेडी’ कार्यक्रमको यो दोस्रो सिजन हो । दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले आयोजित ‘गोल्डेन वक कमेडी’ शो युटन नेपालले आयोजना गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मियामीमा इङ्गल्याण्डको एकपक्षीय दबदबा: पहिलो हाफको समाप्तिसम्म गोलको वर्षा
-
फ्रान्सविरुद्ध इङ्गल्याण्डको गोलवर्षा: ४५ औँ मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल
-
बुकायो साका चम्किएपछि पहिलो हाफमै इङ्गल्याण्डको तेस्रो गोल
-
इङ्गल्याण्डको दोस्रो गोल, फ्रान्सविरुद्ध २–० को बलियो अग्रता
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण