सरकार तथा समानुपातिककाे विषय टुङ्गो लगाउन जनमत पार्टीको बैठक बस्दै
जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । कोटेश्वरस्थित तपोवन होटलमा सो बैठक बोलाएको जनमत पार्टीले जनाएको छ । समानुपातिक उम्मेदवारको टुङ्गो लगाउनेदेखि सरकारमा सहभागी, संगठन निर्माणलगायतका विषयमा छलफल हुने बताइएको छ ।
जनमत पार्टीले प्रतिनिधि सभातर्फ समानुपातिकमा पाँच सिट पाएको छ । त्यसको बारेमा टुङ्गो लगाउन केन्द्रीय समितिको निर्णय हुनुपर्ने भएको हुनाले बैठक बोलाएको बताइएको छ । संघमा जनमत पार्टीले तीनजना महिला र दुई जना पुरुष पठाउन पाउनेछ ।
जनमत पार्टीले सत्ता गठबन्धनलाई सरकार निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाइएको छ । तर जनता पार्टीले सशर्त सहयोग गर्ने भएको छ । ती शर्तहरु के के हुन् त्यसको बारे पनि केन्द्रीय समितिको बैठकमा छलफल हुने बताइएको छ । जसपाका अध्यक्ष डा.सिके राउतले पनि सरकार निर्माणका लागि सरकारलाई सहयोग गर्ने सहमत भएको तर अन्य कुराहरु टुग्यांउन बाँकी रहेको भन्दै आएका छन् । ती विषयमा पनि आजको बैठकमा छलफल हुने जनमत पार्टीका एक नेताले बताए ।
यो चुनावमा जनमत पार्टीलाई सहयोग गरेका मतदातालगायत सम्पूर्ण सरोकारवालालाई धन्यवाद पनि दिइने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण