पाल्पामा घर प्लास्टर गर्दा खसेर एक मजदुरको मृत्यु
बिहीबार, २२ मङ्सिर २०७९, १७ : ५८
घर प्लास्टर गर्ने क्रममा खसरे पाल्पाको रामपुरमा एक जना मजदुरको मृत्यु भएको छ । बिहीबार रामपुर नगरपालिका–५, बेझाडस्थित दुर्गा केसीको चार तले पक्की घर प्लास्टर गर्ने क्रममा घरमाथिबाट खसेर पर्सा छिपहरमाई वडा नं. ३ मंगलापुरका २५ वर्षीय गजेश कुसुहवाको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।
घर प्लास्टर गर्ने क्रममा खसेर घाइते भएका कुशवाहालाई उपचारका लागि रामपुर अस्पताल पठाएको थियो । यद्यपि रामपुर अस्पतालमा समेत कुसुहवाको उपचार हुन नसकेपछि थप उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरिएको थियो । उक्त अस्पतालमा उपचारको क्रममा घाइते कुसुहवाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण