मुख्यमन्त्रीको कार्यालय सरेपछि देउखुरीमा बढ्यो चहलपहल
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको कार्यालय सरेपछि स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा चहलपहल बढ्न थालेको छ । स्थानीयहरू स्वःस्फूर्त आ–आफ्ना घर वरिपरि, बाटोघाटो सरसफाइमा सक्रिय भएर लागेको राप्ती गाउँपालिका–३ का वडा अध्यक्ष उमेशकुमार अधिकारीले बताए । “मुख्यमन्त्रीको कार्यालय नै मेरो वडामा रहने भएकाले यो वडालाई चिटिक्कै पार्ने काम भइरहेको छ”, अध्यक्ष अधिकारीले भने ।
“मुख्यमन्त्रीको कार्यालय सरेसँगै यहाँ सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति देखिएको छ”, स्थानीय किशोर घर्तीले भने, “सवारी साधनको आवगमन बाक्लो भएको छ ।” दुई वर्ष दुई महिनाअघि प्रदेशसभाले यस क्षेत्रलाई प्रदेशको राजधानी तोकेको थियो ।
यसअघि यहाँ ३० वर्षदेखि प्राविधिक शिक्षालय अध्यापन भइरहेकोमा हाल शिक्षालयलाई करिब १४ किलोमिटर दक्षिण राप्ती पारी गढवा गाउँपालिकामा स्थानान्तरण गरिएको छ । साथै, शिक्षालय भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय व्यवस्थापनको काम भइरहेको प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित् थारुले बताए । विद्यार्थीलाई कुनै समस्या नहुने गरी काम गरिरहेको उनको भनाइ छ ।
यहाँ साना र ठूला गरि २४ वटा भवन छन् । प्रदेशसभा भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । प्रदेशसभा भवनमा हाल रङ्गरोगनलगायतका काम भइरहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । उनका अनुसार प्रदेशका सबै मन्त्रालयलाई पुग्ने गरी पूर्वाधारको व्यवस्थापन भइरहेको छ । यसअघि दुई वटा मन्त्रालय पहिले नै स्थान्तरण भइसकेका थिए भने बाँकी मन्त्रालयको काम बुटवलबाटै भइरहेको थियो ।
गत सोमबार मध्यराति प्रदेश मुख्यमन्त्री र मुख्य सचिवको कार्यालय बुटवलबाट यहाँ सारिएको थियो । यही मङ्सिर ४ मा निर्वाचित हुनु भएका प्रदेशसभाका सांसदहरुको सपथ पनि यसै प्रदेशसभा भवनमै गराउने तयारी रहेको मुख्यमन्त्री कुलप्रसाद केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण