तानसेन–रिडी सडकमा दैनिक १० घण्टा यातायात बन्द
शुक्रबार, २३ मङ्सिर २०७९, ०९ : ४२
पाल्पाको तानसेनदेखि गुल्मीको तम्घास जाने सडकखण्ड अन्तर्गत तानसेन–रिडी सडक खण्ड दैनिक १० घण्टा बन्द हुने भएको छ । यस सडक खण्डको सिरुखर्क, माल्मुल क्षेत्रमा सडक चौडा गर्नका लागि बिहीबारदेखि सडक बन्द गरिएको हो ।
मंसिर २२ गतेदेखि पुस ७ गतेसम्मका लागि दैनिक १० घण्टाका दरले १५ दिनसम्म सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले एक सूचना जारी गरेर जानकारी गराएको छ ।
सूचनामा सडक चौडा गर्नुपर्ने भएकाले बाटो बन्द गरी सडक निर्माण कार्य गरिने जनाइएको छ । सडक निर्माणको समय बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र बेलुका ६ बजेदेखि ९ बजेसम्म सडक बन्द रहने छ ।
उक्त क्षेत्रमा सडक बन्द रहे पनि यो सडक खण्ड हुँदै गुल्मी, बागलुङ, अर्घाखाँची जाने आउने साना सवारी साधन भने लुहुङ्ग –बतासेडाँडा भएर चल्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण