अन्तर्घातीलाई कारबाही गर्ने राप्रपा पाँचथरको निर्णय
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथर जिल्ला कार्य समितिले गत निर्वाचनमा जिम्मेवारी पूरा नगर्ने, अन्तरघात गर्ने नेता, कार्यकर्तालाई यथार्थ छानबिन गरी कारबाही गर्ने निर्णय गरेको छ । फिदिममा सम्पन्न जिल्ला समीक्षा भेलाको निर्णय बमोजिम पार्टी हित विपरीत कार्य गर्नेलाई आवश्यक कारबाही गर्ने निर्णय गरिएको हो ।
जिल्ला अध्यक्ष कमल बहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न भेलाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहयोग गर्ने मतदाता, पार्टीका सहयोगी, शुभेच्छुकहरुलाई धन्यवाद दिने निर्णय गरेको छ । अध्यक्ष चेम्जोङले प्रस्तुत गरेको समीक्षा प्रतिवेदन अनुरुप जिल्ला मातहतका संगठनहरु गठन वा पुनर्गठन गर्ने, प्रशिक्षणलगायत नियमित कार्यक्रमहरू संचालन गर्ने निर्णय गरेको छ । यसैगरी पुष १५ भित्र जिम्मेवारी सम्पन्न गर्ने गरी वडा तहसम्म टोलीहरु परिचालन गर्ने निर्णय गरेको छ ।
जिल्ला उपाध्यक्ष प्रयागराज सुवेदीले सहभागीहरुलाई स्वागत गर्दै देशव्यापी रुपमा राप्रपाले फड्को मारेको बताए भने जिल्ला सहसचिव संजिव जोशीले राप्रपामा युवा पुस्ताको आकर्षण बढेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण