खोटाङबाट कांग्रेस नेतृ बजिमय बनिन् प्रतिनिधिसभा सदस्य
खोटाङका कांग्रेस नेतृ सरस्वती बजिमय समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य चुनिएकी छन् । कांग्रेस केन्द्रीय सदस्य रहेकी बजिमयलाई २४ मंसिरमा बसेको कांग्रेस पदाधिकारी बैठकले समानुपातिक सांसद चयन गरेको हो ।
बजिमयको नाम आदिवासी जनजाति महिलाको सुरुमै उल्लेख छ । एकपल्ट प्रत्यक्ष निर्वाचनमार्फत प्रतिनिधिसभा सदस्य चुनिने प्रयास असफल भए पनि बजिमय दोस्रोपल्ट समानुपातिक सांसद बनेकी हुन् । उनी २०७० सालमा समानुपातिक सांसद बनेकी थिइन् ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष चुनाव लड्दा एमालेका विशाल भट्टराईसँग पराजित भएकी बजिमय यसपल्ट पुनः समानुपातिक प्रणालीमार्फत संसद छिर्ने अवसर पाएकी हुन् । ओखलढुंगामा जन्मिएकी बजिमयले २०३६ सालको जनमत संग्रहपछि कांग्रेस निकट महिला संगठनबाट राजनीति सुरु गरेकी थिइन् । कांग्रेसले समानुपातिकतर्फ ३२ जना सांसदको टुंगो लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण