भैरहवामा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना भत्काइँदै
रुपन्देहीको भैरहवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना डोजर लगाएर भत्काउन सुरु गरिएको छ ।
सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउनका लागि सिद्धार्थ नगरपालिकाले घरधनीको नाममा दुई पटक ३५ दिने सूचना जारी गरेको थियो । तर अतिक्रमणकारीले अटेर गरेपछि नियमानुसार अवैध संरचना भत्काइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी बताए ।
सर्वसाधारणको हितमा सार्वजनिक जग्गा उपयोग गर्ने नीति अन्तर्गत अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू भत्काउन सुरु गरिएको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष उज्ज्वल पोखरेलले बताए । अतिक्रमित सार्वजनिक जग्गामा प्राविधिक टोलीले नाप जाँच पश्चात् यकिन गरेर भत्काउन सुरु गरेको उनले बताए ।
सिद्धार्थनगर नगरपालिकाको उपमेयर उमा अधिकारीले अतिक्रमण गरेर निर्माण गरिएको संरचना हटाएर पार्किङ, पार्क लगायत जनहितमा प्रयोग गरिने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण