हुम्लाको सिमकोटबाट १५ वर्षीया किशोरी बेपत्ता
सोमबार, २६ मङ्सिर २०७९, २० : ३४
सिमकोट गाउँपालिका–७ को धारापोरी गाउँकी एक जना किशोरी बेपत्ता भएकी छन् । प्रहरीका अनुसार धारापोरी गाउँकी १५ वर्षकी परेउकला सिंह सोमबार दिउँसोबाट बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनुअघि सिंहले मेरो आत्माले शान्ति पाओस् भन्ने लेखेको पत्र धारापोरी प्रहरीलाई प्राप्त भएको थियो । पत्रका आधारमा प्रहरी नजिकैको कर्णाली नदीमा हामफालेको हुन सक्ने आशंका गरेको छ । सोही गाउँपालिका–८ को खोल्सी गाउँका एक जना युवा अनिल शाहीसँग सिंहको प्रेम सम्बन्ध थियो ।
आइतबार ती युवाले अर्कै युवतीसँग बिहे गरेको जानकारी पाउनेबित्तिकै उनी बेपत्ता भएकी हुन् । बेपत्ता सिंहका परिवारले युवाविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । अहिले प्रहरी र स्थानीय मिलेर सिंहको खोजी जारी राखेको छ । अर्कै केटी विवाह गरेका शाही पनि बेपत्ता रहेको प्रहरीले जनाएको छ ।–न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महानगर अनुसन्धान शोधवृत्तिका लागि उम्मेदवार छनोट गर्दै काठमाडौँ महानगरपालिका
-
चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते
-
स्ट्रेट अफ होर्मुजमा नौवहन सुरक्षाका लागि फ्रान्स र बेलायतले सैन्य सामग्री तैनाथ गर्ने
-
प्रहरी असई हुँ भन्दै ठगी गर्ने महिला काठमाडौँबाट पक्राउ
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण