प्रदेश १ ले द्वन्द्वकाल र जनआन्दोलनका शहीदका परिवारलाई १ लाख दिने
प्रदेश नम्बर १ सरकारले द्वन्द्वकाल, मधेस आन्दोलन, दोस्रो जनआन्दोलन र आदीवासी जनजाति आन्दोलनमा परि शहीद भएका व्यक्तिका परिवारलाई पैसा दिने भएको छ । प्रदेश १ का स्थायी बसोबास गर्ने यस्ता परिवारलाई १ लाख रूपैयाँ दिन लागेको हो ।
चालू आर्थिक वर्षको प्रदेश १ को बजेटमा जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेस आन्दोलन र आदिवासी जनजाती आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने परिवारलाई रकम उपलब्ध गराउने उल्लेख छ । सोही अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यविधि समेत तयारी पारिसकेको छ । यसका लागि ३० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा निवेदन पेस गर्न आह्वान गरिएको छ ।
प्रदेश १ मा हाल १४ वटा जिल्ला प्रशासन कार्यालय छन् । सबै जिल्ला प्रशासन कार्यालयबाट निवेदन लिने र रकम पठाउने कार्य हुने मन्त्रालयले जानकारी दिएको छ । कार्यविधिअनुसार संघ र स्थानीय तहबाट यस्तो सुविधा लिइसकेको भए पनि दोहोरो भुक्तानी लिन पाइने उल्लेख छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण