शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनमतमा को बन्ला संसदीय दलको नेता ?

मङ्गलबार, २७ मङ्सिर २०७९, १२ : ४३
मङ्गलबार, २७ मङ्सिर २०७९

मधेस प्रदेशको प्रदेश सभाका लागि संसदीय दलको नेता, प्रमुख सचेतकलगायतका विषयमा छलफल गर्न जनकपुरमा जनमत पार्टी नेपालको शीर्ष नेताको बैठक आज बस्ने भएको छ ।  

जनमतले पार्टीले मधेश प्रदेश सरकारको नेतृत्व गर्ने दावी गरेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउत काठमाडौँमा भएको बेला गठबन्धनका नेताहरुको भेटमा उनले मधेस प्रदेश सरकारको नेतृत्व गर्ने वातावरण बनाएको दावी गरेका छन् । 

केन्द्रदेखि प्रदेश (मधेस प्रदेश) सम्म सरकार बनाउन जनमतको मत आवश्यक देखिएकाले सो पार्टीको संसदीय दलको नेता तथा सचेतक पदप्रति नेताको ध्यान गएको छ । जनमतले नै मुख्यमन्त्री पाउने हो कि भनेर संसदीय दलको नेता बन्न सो पार्टीमा ताछाड मछाड देखिएको छ । सोही विषयहरु टुग्यांउन आज शीर्ष नेताको बैठक बस्ने भएको छ । 

शीर्ष नेतामा सहमति बनसकेपछि मात्र कार्यकारिणीको बैठक बसाएर त्यसको बारेमा छलफल गर्ने भएको छ ।  मधेस प्रदेशमा समानुपातिकबाट प्रदेश सभा सदस्य भएका चन्दन सिंह र वसन्त कुशवाहा संसदीय दलको नेता बन्ने आकाँक्षी देखिएका छन् । हुन त संसदीय दलको नेतामा सप्तरीबाट प्रदेश सभामा जितेका सतिश कुमार सिंह र सिरहाबाट जितेका संजय यादवको दावी रहेको बताइएको छ । 

मधेस प्रदेशमा जनमतको चन्दन सिंह, वसन्त कुशावाह, सतिश कुमार सिंह र संजय यादवसहित, सकिल मियाँ, महेश प्रसाद यादव, शम्भु कुमार साह, त्रिभुवन साह, बबिता कुमारी ईशर, रञ्जुकुमारी खंग, अनिता कुमारी साह, हसिना खातुन, र भाग्यश्री कुमारी चौधरी गरी प्रदेश सभा १३ जना सदस्य रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप