शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित खाम र फाइल उद्योग बन्द

मङ्गलबार, २७ मङ्सिर २०७९, १९ : ५४
मङ्गलबार, २७ मङ्सिर २०७९

जुम्लामा अपाङ्गता भएका व्यक्तिहरूले सञ्चालन गरेको खाम तथा फाइल निर्माण उद्योग बन्द भएको छ। १ वर्षदेखि बन्द अवस्थामा रहेको हो । 

एक वर्षदेखि तयारी गरिएका सादा खाम तथा फाइलहरू आजभोलि दराजमा थन्किएको अपाङ्ग पुनर्स्थापना तथा विकास केन्द्रका अध्यक्ष रामकृष्ण न्यौपानेले बताए। उनका अनुसार ३ हजार भन्दा बढी खाम छन् भने ५ हजार बढी फाइल थन्क्याएर राखिएका छन्। बिक्री वितरण गर्ने बजार नभएकोले उद्योग बन्द रहेको उनले गुनासो गरे। उनले भने, ‘सादा खाम ५ रुपैयाँ र फाइल ८ रुपैयाँमा बिक्री भइरहेको थियो।सदरमुकाममा अवस्थित विद्यालय र स्टेसनरीमा बिक्री वितरण हुन्थ्यो । अहिले बिक्री गर्न गाह्रो भएको हो ।’ 

हरेक दिन १० जना अपाङ्गता भएका व्यक्तीहरूले खाम र फाइल बनाइरहेको केन्द्रका महासचिव बिजकली महताराले बताइन् । सदरमुकाम टुँडिखेल नजिकै भाडाको घरमा उद्योग सञ्चालन भइरहेको थियो । मासिक ४ हजार ५ सय रुपैयाँमा तिर्नुपरेको थियो ।केन्द्रले खाम फाइलका लागि अपाङ्गता भएका व्यक्तिका नाममा दुई वटा उद्योग समेत दर्ता गरिदिएको छ। 

वि.सं २०७४ सालमा घरेलु तथा साना उद्योग विकास समिति र अपाङ्ग पुनर्स्थापन तथा विकास केन्द्रको समन्वयमा अपाङ्गता भएका व्यक्तिहरूले खाम र फाइल निर्माण गर्न तालिम लिएका थिए। सीप सिकेर आफैँ खाम फाइल उत्पादन गर्ने प्रयास गरिरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप