उदयपुरमा स्तन क्यान्सरबारे एनआरएनए स्वास्थ्य शिविर सम्पन्न
उदयपुरको गाईघाटमा महिलाहरुको स्तन क्यान्सरबारे स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नेपालकै चर्चित क्यान्सर रोग विशेषज्ञ डाक्टर अरुण शाही लगायतको टोलीले गाईघाटमा महिलाहरूमा हुने स्तन क्यान्सरको परीक्षण गरेका हुन् । डा.शाहीका अनुसार शिविरमा ३ सय ५० जनाले सेवा लिएका छन् ।
साथै शिविरमा सुगर जाँच, मिर्गौलाको जाँच गरिएको थियो । चिकित्सक भन्छन्– ‘पछिल्लो समय देशमा स्तन क्यान्सर भयावह रुपमा देखिँदै आएको छ ।’ शिविरको आयोजना गैरआवासीय नेपाली संघ विश्व स्वास्थ्य समितिका अध्यक्ष डा.सन्जिव सापकोटाले गरेका थिए । २५ जना चिकित्सकले सेवा दिएका छन् ।
शिविरमा नेपाली कांग्रेसका नेता डा.नारायण खड्काले बढ्दो स्तन क्यान्सर बारे राज्यले विशेष ध्यान दिनुपर्ने बताए । उनले स्तन क्यान्सर बारे महिलाहरूलाई धेरै जानकारी नभएको भन्दै शिविर संचालन गरेकोमा डा.सापकोटा र डा.शाहीलाई धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण