धनकुटामा कन्दरा रिसोर्ट सञ्चालनमा आउने
धनकुटाको जोरपाटीमा रु तीन करोडको लागतमा कन्दरा रिसोर्ट सञ्चालनमा आउने भएको छ । छ थर जोरपाटी गाउँपालिका–२ को मध्यपहाडी लोमार्गस्थित निमार्माणाधीन उक्त रिसोर्ट स्थानीय युवा व्यवसायी बलदिव राईले सञ्चालनमा ल्याउन लाग्नुभएको हो । करिब २७ रोपनी क्षेत्रफलमा गत वर्षदेखि निर्माण थालिएको उक्त रिसोर्ट दुई वर्षभित्र सञ्चालनमा आउने सञ्चालक राईले जानकारी दिए ।
सेन्चुरी बैंकको रु दुई करोड, राष्ट्रिय वाणिज्य बैंकको रु ४५ लाख र बाँकी निजी लगानीमा बन्न लागेको उक्त रिसोर्ट प्रदेश नं १ का आन्तरिक पर्यटकलाई लक्षित गरेर सञ्चालनमा ल्याउन लागिएको राईले बताए । “यहाँ तराईबाट तिनजुरे, जलजले मिल्के क्षेत्र जाने पर्यटकलाई गासबास उपलब्ध गराइनेछ”, उनले भने ।
तीन सय पाहुनालाई सेवा दिन मिल्ने क्षमताको उक्त रिसोर्टमा यही उत्पादन भएका तरकारी, सिस्नु, माछा, लोकल कुखुरासहित अर्गानिक खाना खुवाइनेछ । वार्षिक रु ५० लाखको कारोबार गर्ने लक्ष्यसहित रिसोर्ट सञ्चालनमा आउन लागेको हो ।
समुद्री सतहबाट एक हजार नौ सय मिटरको उचाइमा रहेको यस स्थानबाट यहाँ आउने पर्यटकले यस क्षेत्रका मनोरम पहाडी शृङ्खला र कञ्चनजङ्घा हिमशृङखला अवलोकनको आनन्द लिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण