काठमाडौं महानगरपालिकाले मनायो २८ औं महानगर दिवस (तस्बिरहरु)
बिहीबार, २९ मङ्सिर २०७९, १२ : ४४
काठमाडौं महानगरपालिकाले २८ औं महानगर दिवसको वसन्तपुरमा एक कार्यक्रम आयोजना गरि मनाएको छ ।
२०५२ साल मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा भएको थियो । त्यही दिनको सम्झनामा महानगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गरी महानगर दिवस मनाउँदै आएको छ।
दिवसका अवसरमा महानगरले यसवर्ष सप्ताहव्यापी कार्यक्रम गरेको छ । टेकु दोभानमा नदी सरसफाइ तथा महानगरपालिकाका ५० खुला तथा सार्वजनिक ठाउँमा सरसफाइ भएको छ । त्यस्तै कला संस्कृतिलाई संरक्षण गर्न र त्यसका बारेमा जानकारी गराउने उद्देश्यले विभिन्न कार्यक्रम गरिएको महानगरले जानकारी दिएको छ ।
यसअघि महिला कुर्सी दौड प्रतियोगिता, प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बिच फुटबल, धिमे बाजा प्रतियोगिता लगायतका कार्यक्रमहरु महानगरले सम्पन्न गरिसकेको छ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण