शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौं महानगरपालिकाले  मनायो २८ औं महानगर दिवस (तस्बिरहरु)

बिहीबार, २९ मङ्सिर २०७९, १२ : ४४
बिहीबार, २९ मङ्सिर २०७९

काठमाडौं महानगरपालिकाले २८ औं महानगर दिवसको वसन्तपुरमा  एक कार्यक्रम आयोजना गरि मनाएको छ ।  

२०५२ साल मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा भएको थियो । त्यही दिनको सम्झनामा  महानगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गरी महानगर दिवस मनाउँदै आएको छ।

दिवसका अवसरमा महानगरले यसवर्ष सप्ताहव्यापी कार्यक्रम गरेको छ । टेकु दोभानमा नदी सरसफाइ तथा महानगरपालिकाका ५० खुला तथा सार्वजनिक ठाउँमा सरसफाइ भएको छ । त्यस्तै कला संस्कृतिलाई संरक्षण  गर्न  र  त्यसका  बारेमा  जानकारी गराउने उद्देश्यले विभिन्न कार्यक्रम गरिएको महानगरले जानकारी दिएको छ । 

यसअघि महिला कुर्सी दौड प्रतियोगिता, प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बिच फुटबल, धिमे बाजा प्रतियोगिता लगायतका कार्यक्रमहरु महानगरले सम्पन्न गरिसकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप