कमेडियन विक्कीले श्रद्धासँग गरे इन्गेजमेन्ट
शुक्रबार, ०१ पुस २०७९, ०६ : ३१

टिभी रियालिटी सो ‘कमेडी च्याम्पियन’ बाट चर्चित विक्की अग्रवाल र रियालिटी सो निर्देशक तथा कलाकार श्रद्धा प्रसाईबीच इन्गेजमेन्ट भएको छ ।
बिहिबार राजधानीमा आयोजित एक समारोहबीच विक्की र श्रद्धाले इन्गेजमेन्ट गरेका हुन् । केही वर्षदेखि प्रेममा रहेका दुवै आफ्नो प्रेमलाई अझ गाढा बनाउन विवाहमा परिणत गर्न लागेका हुन् ।
इन्गेजमेन्ट समारोहमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक विशाल भण्डारी लगायत निकट आफन्त र साथीहरूको उपस्थित रहेको थियो । विवाह कहिले भने अहिले सार्वजनिक गरिएको छैन ।
यो जोडीले हालै कमेडी सो ‘मा कसम यहाँ दुख्छ’ मा पनि सहकार्य गरेका थिए । ‘कमेडी च्याम्पियन’ बाट यी दुईको प्रेम अंकुराएको थियो । विक्की ‘कमेडी च्याम्पियन’ का फस्ट रनर अप हुन् भने श्रद्धाले निर्देशकीय पाटो सम्हालेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय
-
१० बजे १० समाचार : कांग्रेस बैठकमा सरकारको आलोचना, बल्खुबाट ओलीको कटाक्ष
-
नेपालकै पहिलो नवग्रह मन्दिर पुगे कांग्रेस महामन्त्री थापा
-
भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाका लागि वार्ड स्थापना
-
गोरखाको छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटियो