लगातार दोस्रो दिन घट्यो सुनको मूल्य
शुक्रबार, ०१ पुस २०७९, १२ : ४०
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज लगातार दोस्रो दिन सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्य तोक्दै तोलामा ४०० रूपैयाँले सुनको भाउ घटेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार ९०० र तेजाबी सुनको मूल्य ९९ हजार ४०० रूपैयाँ छ । हिजो बिहीबार छापावाल सुनको मूल्य १ लाख ३०० रूपैयाँ र तेजाबी सुनको मूल्य ९९ हजार ८०० रूपैयाँ थियो ।
हिजो बिहीबार सुनको मूल्य तोलामा ७०० रूपैयाँले घटेको थियो । बुधबार सुनको मूल्य तोलामा १ लाख १ हजार रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य १ लाख ५०० रूपैयाँ कायम थियो ।
यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको छ । महासंघले हिजो बिहीबारको तुलनामा आज १० रूपैयाँले घटेर १३ सय ७० रूपैयाँ कायम भएको जनाएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण