भारतीय गाडीको ओभरलोड नियन्त्रण गर्न व्यवसायीको माग
भारतीय गाडीले ओभरलोड गरेर सामान ल्याउने गरेको भन्दै नेपाली ट्रक व्यवसायीले विरोध जनाएका छन् । नेपाल ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेशले शुक्रबार यसै विषयमा भैरहवामा विरोध सभा गरेको छ ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति, लुम्बिनी ट्रक यातायात व्यवसायी संघ, बाणगङ्गा यातायात व्यवसायी समिति, राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी संघ, लुम्बिनी साना तथा मझौला व्यवसायी समिति र ढुवानी व्यवसायी समितिले संयुक्त रुपमा भैरहवा भन्सार कार्यालय अगाडि विरोध सभा गरेका हुन् । भारतीय ओभरलोडका कारण नेपालतर्फ सडक, पुल लगायतका भौतिक संरचनाको क्षति मात्र नभई आफूहरुको पनि पेशा संकटमा पर्न थालेको उनीहरुले बताए । नेपाल सरकारले भारतीय ओभरलोड गाडीहरु व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ । प्ले कार्डसहित व्यवसायीले धर्ना दिएका हुन् ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले अहिले नेपाल सरकारले मालवाहक सवारीका लागि भाडादर तोके पनि ओभरलोडकै कारण नेपाली ट्रक व्यवसायीले न्यूनतम् भाडादर पनि नपाउने समस्या रहेको जिकिर गरे । भारतीय ट्रक तुलनात्मक रुपमा सस्तो रहेको, ओभरलोड बोकेको कारण नेपाली ट्रकहरु भारतीयको प्रतिस्पर्धा गर्न नसकेको उनको भनाइ छ । बिभिन्न तहमा रहेको सरकारी अधिकारीहरूको सेटिङमा ओभरलोड गाडीहरु निर्वाध रुपमा नेपाल भित्रिरहेको पोखरेलको आरोप छ । बेलहिया नाका हुँदै प्रवेश गर्ने भारतीय गाडीको ओभरलोडलाई छुट दिँदा ट्रक व्यवसायीहरू मर्कामा परेको बताउँदै व्यवसायीले सीमा नाकामै समय समयमा भारतीय ट्रक रोक्ने गरेका छन् ।
देशभित्रै ढुवानी गर्ने नेपाली नम्बर प्लेटका ट्रकलाई ओभरलोडमा कडाइ गरेको प्रहरीले भारतबाट आउने भारतीय गाडीमा ओभरलोड छुट दिने गरेको ब्यवसायीको भनाइ छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष यमप्रसाद पाण्डेले भारतबाट नेपाली ट्रकले बोक्न मिल्ने सामग्रीको हकमा भारतीय ट्रकको ओभरलोड नियन्त्रण गरिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
-
लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण