गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
सारांश
- आत्मदाह प्रयासपछि मृत्यु भएका गणेश नेपालीकी श्रीमतीले काठमाडौँबाट नागरिकता लिएकी छन् ।
- गृहमन्त्री सुधन गुरुङले एकमाया नेपालीलाई नागरिकता हस्तान्तरण गरे ।
- गणेश नेपालीका परिवार र सरकारबीच ९ बुँदे सहमति भएको छ ।
काठमाडौँ । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेर उपचारको क्रममा मृत्यु भएका गणेश नेपालीकी श्रीमतीले काठमाडौँबाट नागरिकता लिएकी छन् ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट गणेशकी श्रीमती एकमाया नेपालीले नागरिकता लिएकी हुन् । गृहमन्त्री सुधन गुरुङले उनलाई नागरिकता हस्तान्तरण गरे ।
विशेष परिस्थितिका कारण मुगुबाट पत्र झिकाएर नागरिकता प्रदान गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए । सोरु गाउँपालिका–१ का वडा अध्यक्षबाट विवाह दर्ता प्रमाणित र अनुसूची सिफारिस लिएर नागरिकता प्रदान गरिएको प्रजिअ पौडेलले बताए ।
नेपालीका परिवार र सरकारको बिचमा ९ बुँदै सहमति भएको छ । त्रिपुरेश्वर घटनाबारे छानबिन गर्न सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्नेछ । समितिले ७ दिनभित्र प्रतिवेदन बुझाउने सहमतिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने
-
जापानका एक चौथाइभन्दा बढी नगरपालिकामा १० प्रतिशतभन्दा बढी जनसङ्ख्या घट्यो
-
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
-
काठमाडौँका सञ्चारगृह र भाटभटेनीबाहिर शंकास्पद रूपमा गाडी पार्किङ, क्रेन लगाएर उठाइयो
-
उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५१ वटा मोटरसाइकल फेला, सम्बन्धितलाई हस्तान्तरण
-
नयाँ राहदानी प्रणालीसँगै देखियो प्राविधिक समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण