झापामा बसको ठक्करबाट मोटरसाइकमा सवार महिलाको मृत्यु
झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ जिल्ला बेलबारी नगरपालिका-८ निवासी ५८ वर्षीया तुलसादेवी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका-५ मा दक्षिणबाट राजमार्गमा निस्किएर पश्चिम जाने क्रममा को ३२ प ८५६ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ४८१३ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।
बसको ठक्करबाट मोटरसाइकल चालक बेलबारी-१० निवासी ५८ वर्षीय शुक्रबहादुर तामाङलाई कुनै चोट पटक नलागी सकुशल रहे पनि मोटरसाइकलको पछाडि सवार गुरुङको घटनास्थलमै मृत्यु भएको थियो ।
यता इलाका प्रहरी कार्यालय दमकले दुवै सवारीसाधनसहित मोटरसाइकल चालक तामाङ र बस चालक भोजपुर जिल्ला अरुण गाउँपालिका- ५ निवासी ३० वर्षीय बलबहादुर राईलाई नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण