लुम्बिनीमा २ महिनामा ६१ लाख भेटी सङ्कलन
लुम्बिनीमा दान बापत दुई महिनामा ६१ लाख २० हजार ८०६ रुपैयाँ सङ्कलन भएको छ । लुम्बिनी विकास कोषले दानपेटिकाबाट उक्त रकम सङ्कलन भएको जनाएको हो । आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएसँगै मायादेवी मन्दिरमा राखिएका दान पेटिका छिट्टै भरिन थालेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।
अघिल्लोपटक ३ महिनामा एकपटक गणना गरिएकोमा यस पटक दान पात्र छिटै भरिएकाले दुई महिना नपुग्दै गणना सुरु गरिएको उनको भनाई छ । गत असोज ३० गते गरिएको गणनामा दानबापत २७ लाख १८ हजार रकम सङ्कलन भएको थियो । कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्र बिस्तारै चलायमान हुन थालेपछि लुम्बिनी भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको छ ।
अहिले लुम्बिनी भ्रमणको सिजन समेत सुरु भएकाले छिमेकी देश भारतसहित थाइल्याण्ड, म्यानमार, भियतनाम र युरोपबाट समेत दर्शनार्थी आउने क्रम बढेको कोषाध्यक्ष भट्टराईले बताए । कोषको सूचना शाखाका अनुसार नोभेम्बर महिनामा मात्रै ८२ हजार २०५ जना आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।
यस्तै नोभेम्बर महिनामा मात्रै भारतबाट ३८ हजार ६८९, अन्य मुलुकबाट ७ हजार ४ सय ७३ जनाले लुम्बिनीमा पाइला टेकेका छन् । नोभेम्बर महिनासम्म ५ लाख ४५ हजार नेपालीले लुम्बिनी भ्रमण गरेकोमा भारतबाट १ लाख ८८ हजार पर्यटक भित्रिएको सूचना शाखाको तथ्याङ्कमा उल्लेख छ । भियतनाम, म्यानमार, थाइल्याण्ड, श्रीलङ्का लगायतका ८४ मुलुकबाट १ लाख ८१ हजारले लुम्बिनी भ्रमण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
-
लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण