सोलुमा दुई घर जल्दा ४२ लाखको क्षति
शुक्रबार, ०१ पुस २०७९, २२ : ३१
सोलुखुम्बुमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । थुलुङ दूधकोसी गाउँपालिका–९ लोखिमका भक्तबहादुर राई र नौधन राईको घरमा आगलागी हुँदा रु ४२ लाख ८० हजार बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार भक्तबहादुरको घरको भान्साकोठाबाट आगलागी सुरु भएको थियो । आगो नियन्त्रणमा लिन नसक्दा सँगै रहेको नौधनको घरसमेत पूर्णरुपमा जलेर नष्ट भएको छ ।
ढुङ्गामाटोले बनेको र टिनको छानो भएको राईद्वयको दुई/दुईतले घरसहित घरमा रहेका सबै धनमाल जलेर नष्ट हुँदा भक्तबहादुरको रु ३१ लाख तथा नौधनको रु ११ लाख ८० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो निभाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण