विश्वप्रकाशमा मैले बिपीको गुण पाएँः राजेशपायल राई
गायक राजेशपायल राईले नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई विश्वेश्वरप्रसाद कोइरालासँग तुलना गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले महामन्त्री शर्मामा विश्वेश्वरप्रसाद कोईरालाका अधिकांश गुणहरु भएको बताएका हुन् ।
उनले कसैले उदाहरण दिँदा विश्वेश्वरप्रसाद कोईराला जस्तो होस् भन्ने गरेको भन्दै विश्वेश्वरप्रसाद कोईरालाको गुण आफूले विश्वप्रकाश शर्मामा पाएको बताए । उनले भने, ‘नेपाली काँग्रेसमा हामीले जसरी कहिले काहीँ बिपी जस्तो भन्छौँ, मलाई लाग्छ त्यो नेतामा हुनुपर्ने गुणा विश्वप्रकाशमा देखेको छु । जिल्लावासीले जिताइसकेपछि पनि मैले होइन, तपाईहरुको जित हो भन्ने व्यक्ति कहाँ पाइन्छ । नत्र जितेपछि मैले जितेँ भनेर घमण्ड देखाउँछन् । हामीले भ्रम पालेर बस्नु हुँदैन । हामीले आफूलाई राम्रो प्रमाणित गर्न सक्नुपर्छ ।’
गायक राईले सबै मानिसले आफूमा भएको भ्रमलाई त्यागेर आफूलाई समाज र राष्ट्रको लागि राम्रो बनेर प्रमाणित गर्न सक्नुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण