भ्यानले ठक्कर दिँदा महिलाको मृत्यु
आइतबार, ०३ पुस २०७९, ०९ : ५७
बाँकेको कोहलपुरमा गए राति पिकअप भ्यानको ठक्‍करबाट महिलाको मृत्यु भएको छ ।
नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा१ञ २४३८ नंको पिकप भ्यानले ठक्‍कर दिँदा कोहलपुर नगरपालिका–११ निवासी उषा गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले बताए ।
उनका अनुसार भ्यानको ठक्‍करले गुरुङको घटनास्थलमै मृत्यु भएको थियो । ठक्कर दिएर भागेको भ्यानलाई गए राति नै प्रहरीले नियन्त्रणमा लिएको छ । ठक्कर दिने भ्यान नेपाल विद्युत् प्राधिकरण कोहलपुरको रहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकता लिए पनि अधिकार उपभोग गर्न नपाएकोमा एनआरएनहरूको गुनासो
-
रास्वपा महाधिवेशनको उद्घाटन सत्रबाट रवि र बालेनले दिएका सन्देश
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण