प्रदेश सरकारको जग्गा प्राप्तिका लागि गठित समितिले बुझायो प्रतिवेदन
प्रदेश नं. १ राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापनका लागि गठित समितिका संयोजक आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले आज मुख्यमन्त्री राजेन्द्रकुमार राईसमक्ष प्रतिवेदन बुझाएका छन् ।
मन्त्री कार्कीले मुख्यमन्त्रीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझाउने क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ईश्वरकुमार गिरी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईको पनि उपस्थिति थियो ।
गत वर्षको माघ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं. १ राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापन गर्न भनेर आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले यस अवधिमा सार्वजनिक सूचना प्रकाशित गरी आवश्यक जग्गाको माग गरेको थियो । सोअनुरुप विभिन्न स्थानबाट जग्गा दिने प्रतिबद्धता प्राप्त भएको कार्यदलका संयोजक एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले बताए ।
मन्त्री कार्कीको संयोजकत्वमा गठित कार्यदलमा विराटनगर, कटहरी, ग्रामथान, बूूढीगंगा, दुहवी, इटहरी र सुन्दरहरैंचा नगरपालिकाहरूका प्रमुखहरू सदस्य रहेका थिए । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शासकीय सुधार तथा समन्वय महाशाखाका सचिव उक्त कार्यदलको सदस्य सचिव थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
-
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारबारे मन्त्री मेहतासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण