जुम्ला सदरमुकाममा ट्युसन पढ्नेको लर्को
माध्यमिक विद्यालय जाेडुकी जाेवना रावत अहिले कक्षा १० मा पढ्छिन् । उनले आगामी चैतमा एसईई परीक्षा दिनुपर्ने छ ।अहिले जुम्लामा ग्रामीण क्षेत्रका विद्यालय हिउँदे बिदाका कारण बन्द हुन्छन्।
मङ्सिर मसान्त देखि बन्द भएका विद्यालय माघ १५ पछि मात्रै खुल्छन्। हिउँदमा हिमपात हुने,चिसो बढ्ने, बरफ जम्ने र घरबाट विद्यालयसम्म आउन बालबालिकालाई कठिन हुने भएकाले प्रत्येक वर्ष विद्यालय बिदा गर्ने प्रचलन छ।
आगामी चैतमा एसईई परीक्षामा सामेल हुने उनी भने अहिले सदरमुकाम खलङ्गा झरेकी छन्। पढ्नकै लागि झरेकी उनी डाइनामिक ट्युसन सेन्टरमा भर्ना भएकी छन्। उनी सिंजा बाट ट्युसन पढ्नका लागि सदरमुकाम झरेकी हुन्। अभिभावकले घरैबाट ट्युसन सेन्टरको बन्दोबस्त मिलाइदिएपछि आएकी उनी माघ १५ गते पछि घर फर्कने छिन् । फुपूको घरमा बसेर पढ्दै आएकी उनीसँग एक जना साथी पनि छिन् । उनी मात्रै नभएर जिल्लाका ग्रामीण क्षेत्रका कक्षा १० का अधिकांश विद्यार्थी यतिबेला सदरमुकाम खलङ्गा ट्युसन सेन्टरमा छन् ।
जुम्लाका ट्युसन सेन्टरमा करिब हजारभन्दा बढी विद्यार्थी सदरमुकाममा अध्ययनरत रहेको अनुमान छ। यी सबै आगामी चैतमा हुने एसईईको तयारीका लागि आएका हुन्। आएका सबै विद्यार्थी गणित, विज्ञान र अंग्रेजीको ट्युसन पढ्छन्। गणितको ट्युसन पढाउने डाइनामिक ट्युसन सेन्टरका धनु डिसीका अनुसार सदरमुकाम आएका हरेक विद्यार्थीको पहिलो रोजाइ गणित,अङ्ग्रेजी,विज्ञान र ऐच्छिक गणित हुने गरेको छ। प्रत्येक दिन ४५ मिनेट पढाउने उनले बताए। जुम्लामा डाइनामिक,न्यू अल्फा,मनोकामना लगायतका दर्जनाैँ ट्युसन सेन्टर सञ्चालित छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण