दलको नेताबारे छलफल गर्न कांग्रेस बागमती कार्य सम्पादन समितिको बैठक बस्दै
संसदीय दलको नेता चयनको विषयमा छलफल गर्न कांग्रेस बागमती प्रदेशको कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । प्रदेशको संसदीय दलको नेता चयनका विषयमा छलफल गर्नका लागि आज २ बजे बैठक आह्वान गरिएको हो ।
कांग्रेस बागमती प्रदेश समितिका प्रवक्ता तिलक रुवालीका अनुसार कार्य सम्पादन समितिको बैठक आज दिउँसो २ बजे सानेपामा बस्ने तय भएको छ । सानेपा स्थिती प्रदेश समितिको सम्पर्क कार्यालयमा बस्ने उक्त बैठकले प्रदेशको संसदीय दलको नेता चयनको प्रक्रियाको विषयमा निर्णय गर्ने उनले बताए ।
‘आज प्रदेश कार्यसम्पादन समितिको बैठक बस्दैछ । उक्त बैठकमा दलको नेता चयनको विषयमा छलफल हुनेछ ।’ उनले भने, ‘बैठकले दलको नेताको चयनको मिति, चुनावी प्रक्रिया तथा स्थान लगायतको विषयमा निर्णय गर्नेछ ।’
बैठकको निर्णय अनुसार संसदीय दलको नेता चयनको प्रक्रियाले तीव्रता पाउने उनको भनाई छ । बागमती प्रदेशसभामा निर्वाचित ३७ जना सदस्यहरुको उपस्थितिमा दलको नेता चयन गर्ने उनले बताए ।
कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा दुई जनाको दावी रहेको छ । दलको नेता बन्न कांग्रेसको संस्थापन पक्षका २ सांसद प्रयासरत रहेका छन् । २०७४ मा कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको जिम्मेवारी पाइसकेका प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुर सिंह लामा बीच प्रतिस्पर्धा हुने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण