सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?
मङ्गलबार, ०५ पुस २०७९, ११ : २४
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको जनाएको छ । महासंघले आजको मूल्य निर्धारण गर्दै हिजो सोमबारको तुलनामा भाउ ओरालो लागेको जानकारी दिएको हो ।
महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४०० र तेजाबी सुनको मूल्य ९९ हजार ९०० रुपैयाँ छ ।
हिजो सोमबार छापावाल सुनको मूल्य तोालमा १ लाख ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख रुपैयाँ थियो । हिजो सोमबार सुन र चाँदीकै मूल्य स्थिर रहेको थियो । महासंघले आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार हुने जनाएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम रहेको जनाएको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण