ट्विटर सर्वेक्षणको विश्वसनियतामा मस्कको शंका
एलोन मस्कले आफैले गरेको ट्विटर सर्वेक्षणको विश्वसनियतामा शंका गरेका छन् । सर्वेक्षणमा बहुमतले उनले कम्पनीको सीईओको पद छोड्नुपर्ने बताएका थिए ।
अक्टोबर २७ मा प्लेटफर्मको मालिक बनेका मस्कले पहिले चुनावको नतिजाको पालना गर्ने बताएका थिए । तर ट्विटको एक श्रृंखलामा अर्बपतिले भोट बटद्वारा धाँधली भएको हुन सक्ने आशंका गरेका छन् ।
सोमबार सार्वजनिक भएको सर्वेक्षणको नतिजामा ५७ प्रतिशत मतदाता अर्थात् १ करोडले ४४ अर्ब डलरमा कम्पनीको स्वामित्व लिएका मस्कले आठ हप्तापछि पद त्याग गर्नुपर्ने पक्षमा मतदान गरेका थिए ।
यदि मस्कले नतिजा पालन गर्ने हो भने ट्विटरमा उनको नेतृत्वका अराजक गतिविधि अन्त्य हुनेछन्। झन्डै दुई महिना लामो अवधिमा उनले शीर्ष अधिकारीहरूलाई बर्खास्त गर्ने, करिब आधा कर्मचारीहरू र विज्ञापनदाताहरूलाई हटाएका छन्।
मस्कले ब्लु टिक प्रमाणीकरणका लागि शुल्क लिनेदेखि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलगायत धेरै विवादास्पद व्यक्तित्व र संगठनहरूमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय गरेका छन् ।
यसैबीच, पोलिंग कम्पनी ह्यारिसएक्सले मंगलबार ट्वीटर प्रयोगकर्ताहरूको आफ्नै सर्वेक्षण ट्वीट ग\यो, जसमा ६१ प्रतिशत उत्तरदाताहरूले मस्कलाई सीईओको रूपमा रहन मतदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण