कैलालीमा टिप्परले किच्दा बच्चाको मृत्यु, आमा घाइते
कैलालीको पूर्व पश्चिम राजमार्गमा टिप्परले अटो रिक्सालाई ठक्कर दिँदा एक बच्चाको मृत्यु भएको छ । भने आमा घाइते भएका छिन् ।
जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरमा बुधबार बिहान सुपप्र ०१००१ क २०२० नम्बरको टिप्परले सुपप्र ०१००१ ह ४९१८ को अटोलाई ठक्कर दिँदा अटोमा सवार एक जना बच्चाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार मृत्यु हुनेमा गोदावरी नगरपालिका–७ का ४ वर्षीय बालक भरत ठकुल्ला रहेका छन् । ठकुल्लाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनकी २९ वर्षीय आमा पेन्टि ठकुल्ला घाइते छन् । उनको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अटो चालक २८ वर्षीय मोहन बोहरा समान्य घाइते छन् । टिप्पर र चालक धनगढी उपमहानगरपालिका–७ बस्ने ४२ वर्षीय प्रदीप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैबीच घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकता लिए पनि अधिकार उपभोग गर्न नपाएकोमा एनआरएनहरूको गुनासो
-
रास्वपा महाधिवेशनको उद्घाटन सत्रबाट रवि र बालेनले दिएका सन्देश
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण