'हेरिटेज अफ फेसन अष्ट्रेलिया' सम्पन्न
हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२ भव्य रुपमा सम्पन्न भएको छ । सिड्नी आयोजित शोमा अन्तराष्ट्रिय स्तरमा पहिलो पटक क्रुजमा आयोजना गरिएको असाप इन्टरटेनमेन्टका सञ्चालक सन्तोष अधिकारीले बताए ।
नेपाली डिजाइनर रोविन परियारले तयार पारेका नेपाली पहिरनमा नेपाली तथा विदेशी मोडलले र्याम्प नापेका थिए । नेपाली पोशाकलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन आफूले पहिलो पटक अष्ट्रेलियाको सिड्नीमा क्रुज इभेन्ट गरेको दाबी सन्तोषको छ । कोरोना महामारीपछि पहिलो पटक आफूले ठुलो लगानीमा विदेशमा फेसन शोको आयोजना गरेको उनको भनाई छ ।
हेरिटेज अफ फेसन अष्ट्रेलियामा नेपालीकका साथै ब्राजिलियन र मोरक्कन मोडल नेपाली पहिरनमा र्याम्पमा हिँडेका थिए । सभ्य र भव्य रुपमा सम्पन्न कार्यक्रम नेपाली कला र संस्कृतीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो । हेरिटेज अफ फेसनकोे दुई सिजन नेपालमा र एक सिजन अष्ट्रेलियामा आयोजना भैसकेको थियो ।
फेसन शोका सञ्चालक अधिकारी फिल्मका निर्माता समेत हुन । सन्तोष दीपेन्द्र के खनाल निर्देशित फिल्म आमाका सह निर्माता र अर्पण थापा निर्देशित फिल्म तीन जन्तुका निर्माण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोक हडताल गरेका वाङचुकले औषधि लिन गरे इन्कार
-
कविता: भावना र आक्रोश होइन, यथार्थ बुझ त साथी
-
वर्षा लागेपछि कुहिन्छ तरकारी, शीतभण्डार नहुँदा किसान मारमा
-
राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ
-
मनसुन सक्रिय भएसँगै उपत्यकामा डुबानको जोखिम, सतर्क रहन अनुरोध
-
घुँगी खोज्न गएकाको डुबेर मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण