‘जुम्लामा मानवअधिकार उल्लंघनका घटना बढ्दै’
जुम्लामा पछिल्लो समय मानव अधिकार उल्लंघनका घटना बढ्न थालेका छन् । मानव अधिकारसम्बन्धी काम गरिररहेको गैरसरकारी संस्था इन्सेकले संकलन गरेको तथ्यांकअनुसार जुम्लामा एक वर्षमा १२ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् ।
संकलित घटनाहरूको थप विवरण पुष्टि गर्ने र छुटेका घटना थप गर्ने उद्देश्यले मंगलबार सदरमुकाममा आयोजित समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले १७ पुस ०७८ देखि ४ पुस ०७९ सम्म संकलन गरिएका २१ वटा घटना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सम्मानित रुपले बाँच्न पाउने अधिकार, हत्या कुटपिट चार वटा, बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहार आठ वटा, स्थानीय तहको निर्वाचनमा झडप तीनवटा, घरेलु हिंसा पाँच वटा, आवासको अधिकार एकवटा र एकवटा विपद्को घटनाबाट अधिकार हन्न भएको बताइएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले विपद्ले ३५ करोड बराबरको क्षति भएको बताइन् । उनले जिल्लाभर ३० करोड बराबर ६०५ ओटा घर पूर्ण रुपमा क्षति भएका छन् । पाँच करोड बराबर १९ सय घर आंशिक रुपमा क्षति भएका छन् ।
यस्तै, १० जना मानवीय क्षति र पशुपंक्षी, कृषियोग्य जमीनमा पनि क्षति भएको उनले बताए । विपद्बाट भएका सबै क्षति बारे गृह मन्त्रालयमा प्रतिवेदन पठाएको उनले बताए । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण